पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा बिक्रीदर १४५ रुपैयाँ ०९ पैसा छ । पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ ।