नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्। उनी अध्यक्षका अर्का उम्मेदवार गोकर्णबहादुर बानियाँलाई हराउँदै विजयी भएका हुन्।

गिरीले ३०५ मत ल्याएर विजयी भए भने बानियाँले २९८ मत मात्रै ल्याएका थिए। शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। संघको ९ औँ संघीय महाधिवेशन गत चैत २८ देखि ३० गतेसम्म भएको थियो।

  • १ बैशाख २०८०, शुक्रबार १४:५० प्रकाशित