राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । पौडेलले ९८२ जनालाई विभूषण प्रदान गरे ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकालाई विभूषित गरिएको हो ।

विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

  • १ बैशाख २०८०, शुक्रबार १४:२५ प्रकाशित