पोखरा
पर्यटकीय नगरी पोखरामा नयाँ वर्ष २०७९ लाई बिदाइ र २०८० लाई सडमबाटै भब्य रुपमा स्वागत गरेका छन् । पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे ।
पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका कार्यक्रममा नयाँ बर्ष मनाउन भेला भएकाहरु नाच्दै नयाँ बर्षको शुभकामना साटासाट गरे ।
आफ्ना परिवार, साथी संग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नयाँ बर्षको स्वागत गर्ने प्रमुख गन्तब्य बनेको फेवा नव वर्ष महोत्वले नयाँ वर्षमा सबैलाई रमाउने अवसर जुटाएको थियो ।
पोखराको लेकसाइडमा नयाँ वर्षलाई मनाउन हरेक वर्ष फेवा ताल किनारमा महोत्सव हुदै आएको छ । होटल संघ पोखराले यस वर्षको महोत्सवलाई सडक महोत्सवका रुपमा आयोजना गरेको थियो ।
लेकसाइडको मुख्य सडकलाई सवारी आवागमन रोकिए पछि खुल्ला सडक नयाँ वर्ष मनाउनेहरुका लागि रमाउने थलो बन्यो । होटल संघ पोखराले चैत्र २९ गते नयाँ वर्षलाई केन्द्रीत गरेर महोत्सवको उद्याटन गरेको थियो ।