इण्डियन वुमन्स लिगका लागि चार खेलाडी भारत प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।

इण्डियन वुमन्स लिग (आईडब्लूएल)मा व्यावसायिक फुटबल खेल्न नेपाली राष्ट्रिय टिमका चारजना खेलाडी बिहीबार भारत प्रस्थान गरेका छन् ।

साविक विजेता गोकुलम केरलाबाट खेल्ने स्ट्राइकर सावित्रा भण्डारी, सेथु एफसीबाट खेल्ने गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र किक स्टार्टबाट खेल्ने सरु लिम्बु र रेनुका नगरकोटी भारत गएका हुन् ।

सावित्राले सन् २०१८–०१९ को सिजनदेखि नै भारतमा व्यावसायिक लिग खेलिरहेकी छन् ।सरु र रेनुका यसअघि २०२० को सिजनमा अनुबन्ध भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएपछि खेल्न पाएका थिएनन् ।

  • ३० चैत्र २०७९, बिहीबार १६:१४ प्रकाशित