गण्डकीका मुख्यमन्त्रीले गरे एकै दिन ५ पुलको उद्याटन

केन्द्रभाग मिडिया

गण्डकीका मुख्यमन्त्रीले गरे एकै दिन ५ पुलको उद्याटन

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एकैदिन ५ वटा पुलको उद्याटन गरेका छन् । अधिकारीले मादी गाउँपालिकामा पर्ने विभिन्न स्थानमा  ४ वटा पुलको उद्याटन गरे भने, पोखरा महनगर–३२ मा अर्को पुलको उद्याटन गरेका हुन् ।

मादी गाउँपालिकाको इदी खोला, मकैखोला, वार्दी खोला पुल र मादी नदी माथि बनेको घुम्ले पुल र पोखरा महानगरपालिका ३२ र खुदी खोला–ताल खोला दोभान पुल मुख्यमन्त्री अधिकारीले उद्याटन गरे ।

मादी गाउँपालिकामा बनेका दुइ पुल मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्छन भने । अर्को मकै खोला र  राखी मिजुरे सडक अन्र्तगत मादी नदिमा निर्माण भएको हो । राखी मिजुरे अन्र्तगतको पुल संघ सरकारको बजेटमा निर्माण भएको हो भने अन्य ४ पुल गण्डकी सरकारले निर्माण गरेको हो ।

पुल उद्याटनमा बोल्दै मुख्यमन्त्री अधिकारीले गाउँमा विकासको लहर आएको भन्दै बसाई सराई रोक्न र उत्पादन बढाउन आग्रह गरे ।

कृषि, उर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले पुलले मादी गाउँपालिकाको सडक संजाल जोड्न सकेको बताए ।

मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले पुल निर्माणपछि मादीको विकास नयाँ चरणमा प्रवेश गरेको बताए । उनले सडकको स्तरोन्नतीका लागि पनि प्रदेश सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे ।

पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाँले निर्माण कम्पनीले समयमा नै निर्माण सम्पन्न गरेर बुझाएको बताए ।

  • २५ चैत्र २०७९, शनिबार १८:२९ प्रकाशित