अर्थतन्त्र सुधार्न गभर्नरले भूमिका खेल्नुपर्छ : अर्थमन्त्री महत

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि अहिले देशको अर्थतन्त्र सुधार्न गर्भनरले भूमिका खेल्नुपर्ने बताएका हुन् । अर्थतन्त्रमा समस्या रहेको भन्दै अब जसरी भएपनि सुधार गर्नुपर्नेमा महतले जोड दिएका छन् ।

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री डा। महतले अर्थतन्त्रमा सुधार ल्याउन नेपाल राष्ट्र बैंकका गभर्नरले भूमिका खेल्नुपर्ने समेत उनले बताए ।

उनले भने, ‘अहिले देशको अर्थतन्त्र समस्यामा छ । निजी क्षेत्रको मनोबल वृद्धि गर्न आवश्यक रहेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले पनि भूमिका खेल्नु पर्ने हुन्छ । हाम्रो राष्ट्र बैंकसँग पनि निरन्तर कुराकानी भइरहेको छ । राष्ट्र बैंकले सहयोग गरेमा सजिलै निजी क्षेत्रको मनोबल फर्काउन सकिन्छ । अहिले कुनै पार्टी वा अन्य कुरा भुलेर अर्थतन्त्र ट्रयाकमा ल्याउन आवश्यक छ । बरु त्यो जस मलाई चाहिदैन । अर्थतन्त्र लयमा ल्याएको जस राष्ट्र बैंकलाई पनि जान्छ ।’

  • २४ चैत्र २०७९, शुक्रबार १७:०० प्रकाशित