रूपन्देही ।
गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जीसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।
जीसीको घरमा गएराति करिब १० बजे एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ढुंगामाटोले बनेको घर जलेर नष्ट भएको छ । मृतक जीसी घरमा एक्लै बस्दै आएको प्रहरी निरीक्षक घिमिरेले बताए ।
उनका २ छोरा रोजगारीको सिलसिलामा विदेशमा छन् ।














