भारतमा एकैदिन ६ हजार भन्दा धेरैमा कोरोना पुष्टि, १४ को मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको छ ।

गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २ सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार दैनिक पोजिटिभिटी दर ३।३९ र साप्ताहिक पोजिटिभिटी दर ३।०२ प्रतिशत रहेको छ । भारतमा हालसम्म ४।४७ करोड कोरोना सङ्क्रमित भेटिएका छन् ।

  • २४ चैत्र २०७९, शुक्रबार १३:२३ प्रकाशित