पोखरा ।
होटल व्यवसाय महासंघ गण्डकीको अधिवेशन यहि चैत २५ र २६ गते पोखरामा हुने भएको छ । महासंघले बिहिवार पोखरामा पत्रकार सम्मेलन गरेर महाधिवेशन वारे जानकारी दिएको हो । महाधिवेशनमा ११ जिल्लाका संघ र स्थानिय तह एकाईका गरी करीब १ सय २० जना प्रतिनिधि ले हभागिता जनाउने महासचिव देवेन्द्र लम्सालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघ गण्डकीका अध्यक्ष अर्जुृन चोखालले कोभिड र त्यसको असरका कारण करीब २० प्रतिशत होटल व्यवसायी पलायन भएको जानकारी दिए । अध्यक्ष चोखालले भने, कोभिड–१९, अहिले आर्थिक मन्दी र बैंक ब्याजदरका कारण पलायन हुनेको व्यवसायीको संख्या बढ्दो छ ।
पुराना व्यवसायी पलायन भए पनि सहर उन्मुख क्षेत्रमा होटलको संख्या बढ्दो रहेको उनले बताए । पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्धनका कारण ती क्षत्रेमा होटलको संख्या बढेको पनि उनको भनाई थियो । २०७७ सालको तथ्याङक अनुसार गण्डकी प्रदेशमा ६ हजार ५० वटा होटल छन् । भने ६२ अर्बको लगानी छ र ५४ हजार ५ सयले प्रत्यक्ष रोजगारी पाएका छन् ।