गण्डकी विश्वविद्यालयद्धारा भलिबलकी कप्तान अरुणालाई सम्मान

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई गण्डकी विश्वविद्यालयले सम्मान गरेको छ । गत फागुन २३ गते आयोजना भएको पल्सर स्पोट्र्स अवार्डमा ‘महिला वर्ष उत्कृष्ट खेलाडी’ जितेकी अरुणालाई विश्वविद्यालयले बुधबार सम्मान गरेको हो ।

विश्वविद्यालयका कुलपति प्राडा। गणेशमान गुरुङले कप्तान अरुणालाई भलिबलसहित सम्मान गरे । कुलपति प्राडा। गुरुङले अरुणाले उत्कृष्ट खेलाडी घोषणा हुँदा विश्वविद्यालयले गर्व महसुस गरेको बताए ।

कार्यक्रममा उपकुलपति प्राडा। नवराज देवकोटा र डिन डा। कपिल अधिकारीले अरुणालाई बधाई दिएका थिए । अरुणाले सम्मानित गरेकोमा विश्वविद्यालयलाई धन्यवाद व्यक्त गरिन् । भलिबलकी अरुणा र फुटबलका अञ्जन विष्ट पल्सर स्पोर्टस् अवार्ड २०७८ वर्षका वर्ष उत्कृष्ट खेलाडी घोषित हुन् ।

अरुणा उक्त विश्वविद्यालयमा स्नातक तहमा खेलकुद व्यवस्थापन विषय पढिरहेकी छन् ।

  • २३ चैत्र २०७९, बिहीबार १०:२४ प्रकाशित