पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरो र पाउण्डको भाउ बढेको छ ।
आज युरोको एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा थियो।
यस्तै आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०६ पैसा रहेको छ । हिजो भने पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २८ पैसा थियो ।
आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०४ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा रहेको छ ।