यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०४ पैसा रहेको छ ।

पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा रहेको छ ।

  • २१ चैत्र २०७९, मंगलवार ०९:४२ प्रकाशित