पोखरा ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैया, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १० रुपैयाँ र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर अमेरिकी डलर ७० ९अर्थात् करिब १० रुपैयाँ प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ।
घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म अब पेट्रोल १७५ रुपैया प्रतिलिटर, डिजेल र मट्टितेल १७०रुपैया, हवाई इन्धन (आन्तरिक) १६० रुपैयाँ कायम भएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य र १८०० रुपैयाँ यथावत राखिएको छ । ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि निगमलाई प्रति सिलसण्डर ५४५ रूपैयाँ घाटा रहेको भएतापनि हाललाई खुद्रा मूल्य यथावत नै राखिएको निगमले जनाएको छ।
इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १ अप्रिल, २०२३ ९चैत १८, २०७९० मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोल पदार्थको रकम घटेर आएको हो ।
निगमले नेपाल सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिब १४ रुपैया अर्ब बाँकी रहेको जनाएको छ।