एजेन्सी ।
संयुक्त राज्य अमेरिकाको दक्षिणी र मध्यपश्चिमका शहरमा आएको आँधीमा परी २१ जनाले ज्यान गुमाएका छन्।
आँधीमा दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । मृत्यु हुनेमा टेनेसी राज्यका सात, अर्कानान्सका पाँच र इलिनोइसका चार जना रहेका छन् ।
अन्य पाँच जना इन्डियाना, अलाबामा र मिसिसपी राज्यका रहेको जनाइएको छ । गत शुक्रबार राति आएको आँधीले ८ राज्य प्रभावित बनेका छन् । आँधीले धेरै घर र व्यवसायिक क्षेत्रमा असर पुगेको जनाइएको छ ।
आँधीले विद्युत प्रसारणमा क्षति पुग्दा १० औँ हजार मानिस अध्यारोमा बस्न बाध्य भएका छन् । ८ करोड ५० लाख मानिस आँधीबाट प्रभावित भएको समाचार एजेन्सी अलजजिराले जनाएको छ ।