तनहुँ – १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो मात्रै कांग्रेस त्यागेको घोषणा गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ(१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । रास्वपाबाट तनहुँ-१ मा वाग्लेसहित ४ जना आकांक्षी भए पनि ३ जनाले नाम फिर्ता लिएपछि वाग्लेको उम्मेदवारी सुनिश्चित भएको हो ।

तनहुँ-१ मा फिल्म निर्देशक नारायण पुरीसहित रुपक विक र ईश्वर लामिछानेले पनि प्रारम्भिक निर्वाचनमा भाग लिने चाहना देखाएका थिए । तनहुँ-१ का लागि निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले ३ जनाले वाग्लेको नाममा सहमति जनाउँदै नाम फिर्ता लिएको जानकारी दिए ।

  • १७ चैत्र २०७९, शुक्रबार १६:३४ प्रकाशित