नुवाकोटमा सुमो दुर्घटना : २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं । नुवाकोटको दुप्तेश्वर गाउँपालिका ४ टाटासुमो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

ज्यान गुमाउनेमा दुप्तेश्वर गाउँपालिका( ४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् ।

यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताएका छन् ।

  • १७ चैत्र २०७९, शुक्रबार १५:५८ प्रकाशित