सिके राउतको पार्टी सरकारबाट बाहिरियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदमा चार सिट रहेको जनमत पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो पार्टीका एक मात्र मन्त्री अब्दुल खानले आज प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए ।

पार्टीले दुईवटा मन्त्रालय पाउनुपर्ने वा एउटै मात्र पाए उद्योग मन्त्रालय चाहिने माग गरेको थियो । तर, सो माग पूरा नभएको भन्दै अब्दुलले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार बारा २ को उपचुनावमा गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई साथ दिने भएपछि जनमतका अध्यक्ष सिके राउत तीव्ररुपमा असन्तुष्ट छन् । सोही कारण पनि सरकारबाट बाहिरिएको स्रोत बताउँछ ।

  • १७ चैत्र २०७९, शुक्रबार १५:४२ प्रकाशित