काठमाडौं ।
पन्चर पाङग्रा फेर्न नसक्दा नेपाल वायुसेवाको वाइडबडी जहाज दिल्लीमा ग्राउन्डेड भएको छ ।
बायाँतर्फका दुईटा पाङ्ग्रा ब्रस्ट भएपछि नेपाल एयरलाइन्सको जहाज दिल्लीमा ग्राउन्डेड भएको हो । आरए २१८ उडान नम्बरबाट काठमाडौं आउनुपर्ने २ सय ५१ जना यात्रु दिल्लीमै छन् । ती यात्रुलाई निगमकै खर्चमा दिल्लीका होटलमा राखिएको निगम स्रोतले बताएको छ ।
हिजो(बिहीबार) दिउँसो सवा २ बजे काठमाडौंबाट उडेको निगमको मकालु वाइडबडीको बायाँतर्फको ल्याण्डिङ गियरका दुईटा पाङग्रा ब्रस्ट भएपछि उक्त विमान बिहीबार बेलुकी जगेडा टायरको अभावमा काठमाडौं फर्किन नसकेको हो ।
निगमका निर्देशकका अनुसार दिल्लीमा कतार एयरवेजको इन्जिनियरिङ स्टेशनबाट पाङग्रा किनेर र्फेर्ने तयारी भइरहेको छ ।














