सरकार र मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी छ । विहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए । संघर्ष समितिका तर्फबाट वार्ता टोली सदस्य संघर्ष दाहालले दोस्रो चरणको वार्ताका लागि आफूहरु गृहमन्त्रालयमा रहेको बताए ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोज कुमार पासवानले नेतृत्व गरेका छन् ।

  • १७ चैत्र २०७९, शुक्रबार १०:४९ प्रकाशित