पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज साताको अन्तिम दिन शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०५ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा रहेको छ ।