काठमाडौं ।
कांग्रेसले चितवन -२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।
सो क्षेत्रमा यसअघि कांग्रेसबाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ उम्मेदवार थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार तय गरिसकेको छैन । यद्यपि उसले सभापति लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।













