काठमाडौं ।
बारा २ मा जसपाका उपेन्द्र यादवविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो उपचुनाव लड्ने भएका छन् ।
लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए ।
महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए ।बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।













