आफुहरुले ३ मन्त्रालय पाउनुपर्ने शेखर पक्षको माग

केन्द्रभाग मिडिया

आफुहरुले ३ मन्त्रालय पाउनुपर्ने शेखर पक्षको माग

काठमाडौं ।

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले आफूहरूले तीन जना मन्त्री पाउनु पर्ने माग गरेको छ ।सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकलगत्तै कोइराला समूहको छुट्टै बैठक बसेको थियो ।

उक्त बैठकमा नेता कोइरालाले कांग्रेसले ८ मन्त्रालय पाउँदा आफ्नो समूहबाट तीनजनाको माग गर्नुपर्ने बताएको एक नेताले जानकारी दिए ।

कांग्रेसको संस्थापनइतर समूहबाट हालसम्म उपसभापति धनराज गुरुङ र अर्का सांसद डिगबहादुर लिम्ब मन्त्री बन्ने चर्चा छ ।सत्ता साझेदार दलहरूबीच भएको मोटामोटी सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउनेछ ।

  • १६ चैत्र २०७९, बिहीबार १५:२१ प्रकाशित