मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो : जफत भएको जमिन फिर्ता हुनुपर्ने माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए ।मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छत ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवानले बताए ।

संघर्ष समितिले जफत भएको जमिन फिर्ता हुनुपर्ने, मुद्धा लागेका पीडितको मुद्धा खारेज हुनेपर्ने लगायतका माग राखेका छन् ।

  • १६ चैत्र २०७९, बिहीबार १५:१५ प्रकाशित