काठमाडौं ।
तनहुँ – १ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बन्ने भएका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मतदान आगामी वैशाख १० गते हुँदैछ ।
भट्टराईले उपनिर्वाचनमा आफ्नो जित निश्चित रहेको बताएका छन् ।













