सौर्य एयरलाइन्सले आइतबार देखि पोखरामा दैनिक ४ उडान भर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ।

हाल २ वटा उडान गर्दै आएको सौर्यले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै उडान बढाउने भएको हो । चैत १९(अप्रिल २) देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८:३० बजे, ९:३५ र दिउँसो २:४० र ३:३० मा उडान गर्ने तालिका तयार भएको जानकारी उनले दिए ।

जेट विमानबाट पोखरामा २० मिनेटमै पुग्न सकिने र हाल पोखराको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको छ।सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा मात्र उडान गर्दै आएको छ । अहिले धनगढी र भैरहवाको उडान केही समयका लागि स्थगन गरिएको समेत कम्पनीले जनाएको छ।

  • १६ चैत्र २०७९, बिहीबार १०:२७ प्रकाशित