साउदी अरेबिया पुगेका युवा अलपत्र, उद्धारको पखाईमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् ।

रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते)साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहीन बनाइएको राईले गुनासो गरेका छन् ।

राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठमाडौंमार्फत साउदी अरेबियाको नास म्यानपावर सोलुसन कम्पनीमा पुगेका थिए । उनीहरू मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेबरका रूपमा नास म्यानपावर सोलुसन कम्पनीमा पुर्‍याइएका हुन् ।

हाल होटेल किचन वर्करका रूपमा काम लगाइएका उनीहरूको सामान्यस् खाने र बस्ने व्यवस्था भने नास म्यानपावर सोलुसन कम्पनीले नै मिलाएको छ । रोजगारका लागि कम्पनीलाई कुरा गर्दा म्यानपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन् ।
काम र दाम विहीन बनाइएका १०/१५ जना युवालाई अल्खारेजमा राखिएको छ । उनीहरूका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौँ युवा अलपत्र छन् । अलपत्र युवा उद्धारको प्रतीक्षामा छन् ।

  • १६ चैत्र २०७९, बिहीबार ०९:३७ प्रकाशित