सरकारले मिटर ब्याज पीडितसँग आज वार्ता गर्दै

केन्द्रभाग मिडिया

काठमाडौँ । मिटर ब्याज पीडित र सरकारबीच आज वार्ता हुने भएको छ ।

पीडितको माग सम्बोधनका लागि गठन भएको नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच आज छलफल हुने भएको हो । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ ।

बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन ।

सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् भने मिटर ब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा सङ्घर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।

  • १६ चैत्र २०७९, बिहीबार ०९:२३ प्रकाशित