काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पहिले बाग्मती जोगाउन अपिल गरेका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पहिले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् ।
‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ,ु उनले भने ुहामी वाग्मती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाऊँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’
सम्मेलनमा मेयर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन आग्रह गरेका छन् ।













