रौतहटमा आगलागी : सुतेकै अवस्थामा जलेर ११ वर्षीया बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

रौतहटको ईशनाथ नगरपालिका ६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर एक बालिकाको मृत्यु भएको छ ।

मंगलवार राति करिब १० बजे मोजिबुल रहमानको घरमा आगो लाग्दा उनकी ११ वर्षीया छोरी रजिया खातुनको सुतेकै अवस्थामा जलेर ज्यान गएको हो । सुतेकै कारण आगो लागेको थाहा पाएर भाग्न नसकेपछि उनको जलेर ज्यान गएको रौतहट प्रहरीले जनाएको छ।

आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

  • १५ चैत्र २०७९, बुधबार १०:३१ प्रकाशित