केदार न्यौपाने र चूडामणि जंगलीले त्यागे नेकपा एस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी त्यागेका छन् ।

मंगलबार बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत समाजवादीमा नरहने निश्चित भएको हो ।

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यौपाने र जंगलीको राजीनामा स्वीकृत गरिएको बताए । दुबै जनाले मकवानपुरको एक कार्यक्रममा एमाले फर्किन थालेको भन्दै तस्वीर सार्वजनिक गरेका थिए ।

  • १४ चैत्र २०७९, मंगलवार १६:३६ प्रकाशित