काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् ।
प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग छलफल गरी आजै सरकारलाई पूर्णता दिने तयारी गरिरहेका बेला रवि प्रधानमन्त्रीसँग भेट्न लागेका हुन् ।
बालुवाटारमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका रविले आजै आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको बताए ।गृह मन्त्रालयसहित यसअघिका मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको रास्वपा सभापतिले प्रधानमन्त्रीसँग छलफल जारी राखेको छ ।













