ताप्लेजुङ ।
साथीले चलाएको बन्दुकको छर्रा लाग्दा ताप्लेजुङमा एकको ज्यान गएको छ ।
आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा सिकार खेल्ने क्रममा साथीले चलाएको बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै ज्यान गएको हो ।
सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।














