मिटरब्याजी पीडितलाई खुलामञ्चमा बस्न दिइएन : धर्मशालामा बस्न महानगरको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

महोत्तरीबाट पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याजी पीडितहरूलाई काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पस्न र बस्न नदिने भएको छ । उनीहरुलाई धर्मशालामा बस्न महानगरले आग्रह गरेको छ ।

गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले खुलामञ्चमा बसेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाब दिने तयारी गरेका थिए ।

तर पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ । काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशाला स्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बताए ।

  • १३ चैत्र २०७९, सोमबार १६:५२ प्रकाशित