अब इम्बोस्ड प्लेट नेपालीमा, शुल्क पनि घट्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

अब इम्बोस्ड नम्बर प्लेट नेपालीमै लेखीने भएको छ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित एजेन्सीसँग छलफलमा रहेको बताए ।

प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको भन्दै उनले यो कार्यायोजनाअनुसार कामले तीव्रता पाएको बताए । मन्त्री श्रेष्ठले इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउन गृहकार्य भइरहेको उनले बताएका छन्। ठेकेदारले लिने पैसाअनुसार शुल्क लिनुपर्ने भएपनि अन्य हिस्सा हेरेर शुल्क घटाउन छलफल भइरहेको उनले बताए ।

  • १३ चैत्र २०७९, सोमबार १६:४३ प्रकाशित