पोखरा ।
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका समीर कार्की विजय भएका छन् ।
कार्कीले निकटतम प्रतिस्पर्धी नेविसंघका मुबारक अलि गद्दीलाई पराजित गरे । कार्कीले २ सय ९५ मत ल्याउँदा नेविसंघका अलिगद्दीले १ सय ४७ मत ल्याए । कुल ४८० मतदातामा ४ सय ३४ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।
आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल नै विजयी भएको छ । अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष, ३ सदस्य र अखिल (क्रान्तिकारी)लाई सचिव र दुई सदस्यको भागबन्डा गरी संयुक्त प्यानल सहित चुनाव लडेका थिए ।
सचिवमा क्रान्तिकारीका धिराजन परियार विजयी भएका छन् । सदस्यमा अनेरास्ववियुका महादेव सिंह, अनिशा आचार्य, गरिमा गुरुङ निर्वाचित भएका छन्। यस्तै क्रान्तिकारीका लोकराज थापा र दीपा कार्की विजयी भएका छन् । तालाबन्दीको कारण यस क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुन सकेको थिएन ।













