काठमाडौँ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह र सञ्चार मन्त्रालयले माओवादीले राख्ने ब्रिफिङ दिएको बताइएको छ ।
नेकपा माओवादी केन्द्रका नेताहरुले गृह र सूचना तथा सञ्चार प्रविधि मन्त्री मन्त्रालय पार्टीले नै राख्नुपर्ने दबाब दिएपछि प्रचण्डले सो ब्रिफिङ दिएका हुन् । नेताहरूले मन्त्रालय भागबन्डा हुँदा यी दुई मन्त्रालय पार्टीले नै राख्नुपर्ने बताएका हुन् । पार्टीको शनिवार बसेको पदाधिकारी बैठकमा नेताहरूले गृह र सञ्चार मन्त्रालय पार्टीले नै राख्नुपर्ने भन्दै प्रचण्डलाई दबाब दिएका थिए । ती मन्त्रालय कांग्रेसले दाबी गरेको चर्चा चल्न थालेपछि नेताहरूले प्रचण्डलाई दायाबायाँ नगर्न दबाब दिएका हुन्।
त्यसपछि प्रचण्डले भागबन्डा हुँदा गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पार्टीले नै पाउनुपर्ने पक्षमा आफू रहेको बताएका थिए । प्रचण्डले आफूले सोहीअनुसार कांग्रेससहित गठबन्धन दलमा छलफल गर्ने आश्वासन दिएको जनाइएको छ ।
प्रचण्डले गृह आफ्नो पार्टीले राखेर अर्थ मन्त्रालय कांग्रेसलाई दिन सकिने विषयमा ब्रिफिङ गरेको बताइएको छ ।













