भागबण्डा नमिल्दा मंगलबारसम्म मन्त्रिपरिषद विस्तार नहुने निश्चित, कुन पार्टीले कति मन्त्रालय मागे ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज मन्त्रिपरिषद् विस्तार हुने गरि प्रधानमन्त्री दाहालले छलफल तीव्र पारेको बताइए पनि मन्त्रिपरिषद् विस्तार लम्बिने भएको छ ।

मन्त्रिपरिषद् विस्तार मंगलबारसम्म नहुने भएको छ । सत्ता गठबन्धन सम्बद्ध दलहरु मन्त्रालय भागबण्डाको अन्तिम टुंगो लाग्नुअघि आन्तरिक छलफलमा जुटेपछि मंगलबारसम्म मन्त्रिपरिषद विस्तार नहुने निश्चित देखिन्छ ।माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी , जनता समाजवादी पार्टी , एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने तयार छन् ।

प्रधानमन्त्री प्रचण्डले ती दलहरूसँग कति मन्त्रालय र कुन–कुन मन्त्रालय दिने भन्ने विषयमा छुट्टाछुट्टै छलफल गरेका छन् । त्यही छलफलको आधारमा प्रधानमन्त्रीले आफ्नो प्रस्ताव पेस गर्नेछन् । तर नेकपा एकीकृत समाजवादी र जसपा र लोसपाले स्वभाविक दाबी गरेपछि गठबन्धन बैठक प्रभावित भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

रास्वपाले उपप्रधानसहित तीन मन्त्रालयमा भागेको छ । एकीकृत समाजवादीले र जसपाले ३/३ मन्त्रालय दाबी गरेका छन् भने लोसपा र नाउपाले २ मन्त्रालय मागेका छन् । कांग्रेसले ८ मन्त्रालयको दाबी गरेको छ

यस्तै कांग्रेसले मन्त्री छनोटबारे छलफल गर्न मंगलबार विहान पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । नेताहरुका अनुसार बैठकले मन्त्री छनोटको अधिकार सभापति शेरबहादुर देउवाले दिने छ । यता सत्तासीन माओवादी केन्द्र पनि आन्तरिक छलफलमा छ ।

  • १३ चैत्र २०७९, सोमबार ०९:०० प्रकाशित