रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

केन्द्रभाग मिडिया

कैलाली ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही महिनामै रिहा हुने दाबी गरेका छन् ।

आज धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतबाट चौधरी रिहा हुने दाबी गरे । ‘रेशम चौधरीलाई रिहा गर्नु पर्छ । थरुहट आन्दोलन ले उठाएका मुद्दाहरु सम्बोधन गर्नुपर्छ, उनले भने, ‘ रेशम चौधरी केही महिना भित्रै रिहाइ हुने, सर्वोच्च अदालतले रिहाइ गर्छ भन्ने सम्भावना देखिन्छ।’

मुद्दाको प्रकृति हेर्दा उनी रिहाइ हुने सम्भावना रहेको यादवको दाबी थियो ।

  • १२ चैत्र २०७९, आईतवार १६:४६ प्रकाशित