बुटवल ।
पाल्पाको सिद्धबाबा क्षेत्रको सडकबाट मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते घाइते भएका छन् ।
पाल्पाबाट बुटवल आउदै गरेको लु २६ प ४८४९ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकको भीरबाट तल खोलामा खसेको हो।
दुर्घटनामा परी पाल्पाको पुर्वखोला गाउँपालिकाका ६९ वर्षका मनबहादुर पुन र उनकी श्रीमती भारतीदेवी पुन घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घाइते दुबैको अवस्था सामान्य रहेको छ भने लुम्बिनी प्रादेशिक अस्पताल उपचार भैरहेको छ ।














