पहाडी भू-भागका अधिकांस स्थानमा मेघ गर्जनसहित वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना  छ ।

राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका एक/ दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।

  • ११ चैत्र २०७९, शनिबार ०६:४६ प्रकाशित