गण्डकी सरकार अल्पमतमा, माओवादीद्वारा समर्थन फिर्ता

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेका खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

माओवादीले समर्थन फिर्ता लिएसगै अधिकारी सरकार अल्पमतमा परेको छ । शुक्रबार नै सरकारमा सहभागी माओवादीका दुई मन्त्रीले राजीनामा बुझाएका थिए । राजीनामा लगत्तै माओवादीले प्रदेश सभा सचिवालय पुगेर सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराएका थिए ।

  • १० चैत्र २०७९, शुक्रबार १८:३१ प्रकाशित