पोखरा ।
नेकपा माओवादी केन्द्रबाट सरकारमा संलग्न दुई मन्त्रीले राजीनामा दिएका छन् । माओवादी संसदीय दल नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार बेलुका ५ बजे मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।
माओवादीले आजै संसदलाई समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिदै छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरिने निर्णय गरेको थियो । २५ पुसमा एमाले नेता अधिकारी नेतृत्वमा बनेको सरकारमा माओवादी संलग्न भएको थियो ।
माओवादी सरकारबाट बहिरिएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद सचिवालयलाई दिए पछि मुख्यमन्त्री अधिकारीले ३० दिन भित्र विश्वासको मत लिनुपर्छ ।













