विदेश जाने नेपालीको संख्यामा वृद्धि

केन्द्रभाग मिडिया

काठमाडौं ।

विदेश जाने नेपालीको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ ।

विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीको संख्या पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् ।

शुकबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ को तथ्यांकअनुसार जम्मा १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्छन् ।

जसमध्ये पुरुष ८२.२ प्रतिशत अर्थात १७ लाख ९९ हजा ६७५ र महिला १७.८ प्रतिशत अर्थात ३ लाख ९० हजार ९१७ रहेका छन् ।२०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेका थिए ।

  • १० चैत्र २०७९, शुक्रबार १६:३३ प्रकाशित