झापा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकार एमालेले टिकाउने दावी गरेका छन् ।
शुक्रबार झापामा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अन्य प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढलेपनि कोशी प्रदेशको सरकार टिक्ने बताएका हुन् ।
‘कोशी प्रदेशको सरकार हामी टिकाउछौ । यो सरकार टिकाउने मुख्य कुरा के हो भने राप्रपा’, अध्यक्ष ओलीले भने, ‘हामीसँग ४० सिट छ, राप्रपासँग ६ वटा छ । एउटा हामी खोज्छौ । किनभने ६ वटा राप्रपाले हामीलाई साथ दिन्छ भन्ने आधारमा ।’
अध्यक्ष ओलीले राप्रपालाई एमालेले भोट नदिएको भए कांग्रेसको बढि सिट हुने भन्दै कहिलेकाहीँ प्रमुख विरोधीलाई कमजोर पार्न कमजोरलाई भोट हाल्नुपर्ने अवस्था आउने बताए ।













