काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अश्लील शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं(लुक्ला उडानका क्रममा टावरसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरेको हो ।
‘निरौलाको अनुसार ती पाइलटले यही २१, मार्च २०२३ मा काठमाडौंबाट लुक्ला जाने क्रममा मिस कम्युनिकेशन गरेका थिए । पाइलटको नाम भने उनले खुलाइएको छैन।
त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई पनि निलम्बन गरिएको छ ।
एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनैजना पाइलटले अर्को निर्णय नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् ।














