श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
श्रीमान र जेठाजुको कुटाइबाट घाइते भएकी स्याङ्जाकी कमला न्यौपाने सुवेदीको निधन भएको छ । भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको निधन भएको हो।

स्याङ्जाको पुतलीबजारकी घाइते न्यौपानेलाई डेढ महिनाअघि काठमाडौँको नर्भिक अस्पतालमा उपचारका लागि लगिएकोमा बुधबार निधन भएको हो।

सुवेदीलाई माघ २२ गते श्रीमान् लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेले निर्घात कुटपिट गरेका थिए।

कुटपिटको १५ घण्टापछि मात्र अस्पताल भर्ना गरिएकी कमलाको पोखरामा उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो।

  • ९ चैत्र २०७९, बिहीबार १७:५९ प्रकाशित