१/२ दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री दाहाल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् पुनर्गठनका विषयमा शीर्ष तहमा परामर्श गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ प्रचण्डले शीर्ष नेतृत्वसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सल्लाह गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधवार पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी(जसपा)सहितका गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेका थिए ।

सो क्रममा संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकारका विषयमा समेत छलफल भएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । आज बेलुका अनौपचारिक शीर्ष नेतृत्ववीच छलफल हुने र शीर्ष नेतृत्ववीच समझदारी भएमा आ–आफ्नो पार्टीमा छलफल गरेर सत्ता भागवण्डाका विषयमा टुङ्गो लाग्ने जनाइएको छ ।

काँग्रेस, एकीकृत समाजवादी, जसपा र जनमत पार्टी सरकारमा जाने भएपछि शीर्ष नेतृत्ववीच छलफल जारी छ ।

  • ९ चैत्र २०७९, बिहीबार १७:०० प्रकाशित