जेठ १ देखि फेरि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले सहमतिअनुसार काम नगरेको भन्दैँ बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहोर फाल्न नदिने चेतावनी दिएको छ । पूर्व सहमति कार्यान्वयन नगरेको भन्दै समितिले आगामी वैशाख मसान्तसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठ १ देखि फोहोर फाल्न नदिने प्रभावित क्षेत्र सरोकार समितिले चेतावनी दिएको छ ।

गत वर्षको साउनमा पनि सिसडोल तथा बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारणले नकारात्मक प्रभाव परेको भन्दै स्थानीयले फोहोर विर्सजनमा अवरोध गरेका थिए । सरकारसँग त्रिपक्षीय सम्झौता भएपछि उपत्यकाको फोहोर अहिले त्यहाँ विसर्जन हुँदै आएको छ । तर, वर्ष दिन हुन लाग्दा समेत स्थानीयसँग भएको सम्झौता कार्यान्वयन हुन सकेन ।

सरकारसँग भएको सम्झौता कुनै पनि कार्यान्वयन नभएको बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले बताए । त्यसबेला समय चाहियो भनियो, हामीले समय दियो तर अहिले वास्तै नगरेको उनले गुनासो गरे।

  • ९ चैत्र २०७९, बिहीबार १६:५२ प्रकाशित